Pages

Sunday, May 23, 2010

बिर्सेंर फेरी मलाई नहेर

बिर्सेंर फेरी मलाई नहेर निको भै सकेको पुरानो त्यो घाऊ अनायासै फेरी {बल्झेर दुख्छ}२ 
{बोकेर चोट अनुरागको जादैछु बाँच्न एकन्तमा आज}२ 
सम्झना पनि नपठाउ भन्छु कतै जिन्दगीनै {झस्केर उठ्छ}२ 
बिर्सेंर फेरी ... 


{सायद निको नहुने मेरो घाऊ डाहा भै बाच्छ सधैं म भित्र}२  
बचेँकै हेर्ने भए फेरी मलाई, हासेको हेर्ने भए फेरी मलाई । 
बचेँको हेर्ने भए फेरी मलाई,हासो नै दिने भए फेरी मलाई 
अब नजरले नखोज मलाई, तिम्रो हेराइमा {बल्झेर दुख्छ}२ 
बिर्सेंर फेरी... 

मन्दिरमा छ कि मुर्तिमा माया

{मन्दिरमा छ कि मुर्तिमा माया}२ पत्थरमा छ कि धुलोमा माया
कोही त देखाउ, कोही त बताउ, खै कहाँ छ माया, कहाँ छ माया
मन्दिरमा छ कि...


{एक अन्जुली मायाको लागि पल पल हृदय चर्कन्छ}२
{साउन र भदौ बनेर आँखा}२ {बर्षाउ बर्ष बर्षन्छ}२
हाँसोमा छ कि आसुँमा माया, फूलमा छ कि काडामा माया
कोही त देखाउ, कोही त बताउ, खै कहाँ छ माया, कहाँ छ माया
मन्दिरमा छ कि ...


{एउटी आमा जिउदै जल्छे छोराको माया ममतामा}२
{एउटा छोरो मरेर बाचछ}२ {आमाको सपना विपनामा}२
रगतमा छ कि नातामा माया, विश्वासमा छ कि वाचामा माया
कोही त देखाउ, कोही त बताउ, खै कहाँ छ माया, कहाँ छ माया
मन्दिरमा छ कि ...

हिमालसरी म

हिमालसरी म अग्लिरहेछु समात समात समात मलाई, बादलसरी म अग्लिरहेछु सम्हाल सम्हाल सम्हाल मलाई । 
हिमालसरी म ... 


{म खोली बनेर सुस्तरी आउला }२ तिमीले सागरमा केही ठाउँ देउ । 
तिम्रो सारा त्रिष्णा मै मेटी देउला, मलाई तिमीमै {समेटिन देउ}२ 
आकाशसरी म फैलीरहेछु अङगाल अङगाल अङगाल मलाई । 
बादलसरी म ... 
हिमालसरी म ... 


{यी तारा कती छन म गन्न सकुला}२ तर तिन्को माया कती छ नसोध 
{र वरले पिपल अङालेर बस्छ}२ तिम्रो मेरो साईनो त्यतै खोज, त्यतै तिर सोध । 
दुलहीसरी म रङीरहेछु उचाल उचाल उचाल मलाई । 
बादलसरी म ... 
हिमालसरी म...   

चिनारी हाम्रो...

चिनारी हाम्रो धेरै पुरानो रहेझै लाग्दछ, नदेखेपनी भेट्घाट सधैं भएझै लाग्दछ । 
चिनारी हाम्रो ...

{सितल दिन्छौ पवन भएर मिर्मिरे याममा}२ मायालु न्यानो स्पर्श दिन्छौ किरणको रुपमा । 
हो , झन्झनै बज्छ संगीत तिम्रो हरेक सन्खमा, आशाको दियो आँफैनै बल्छ अन्ध्यारो कुनामा । 
चिनारी हाम्रो ... 


{हजार खोजे त्यो रुप हेर्न पाउदै पाइन}२ मायाले छुने आँखा नखोजे समाउनै सकिन 
भनीदेउ आज को हौ तिमी मैले त जानिन, विरङी रुप फेरेर आउने तिमीलाई चिनिन । 
चिनारी हाम्रो ...  

विरही माया

{विरही माया अधुरो रह्यो बिर्सनु  कसरी, तड्पाइ दिन्छ जलाई दिन्छ याद आउछ बेस्सरी ।}२  
हो याद आउछ बेस्सरी । 


{टप्किन खोज्छन आसुँक थोपा गोधुली साँझमा, डुबाइ गयौ यो जिन्दगानी सगार माझमा । }२  
{किनारा छैन }२ साहारा छैन मन थामु कसरी ,तड्पाइ दिन्छ जलाई दिन्छ याद आउछ बेस्सरी ।


{नदीझै बग्ने त्यो तिम्रो माया झरनाझै झरेछ, सपना रम्ने आँखामा मेरो पर्दा नै खसेछ । }२ 
{गोरेटो छैन}२ उज्यालो छैन मै हिनु कसरी 
तड्पाइ दिन्छ जलाई दिन्छ याद आउछ बेस्सरी ।
विरही माया ... 

यसैगरी विताइदिन्छु ...

यसैगरी विताइदिन्छु दुईदिनको जिन्दगी, हाँसोमा लुटाइदिन्छु आफु आसुँमा ढुबी । 
यसैगरी विताइदिन्छु ... 


भिड छ, भिडमा आफुलाई बिलाईदिन्छु, बिर्सिदिन्छु आफुलाई होस म हराइदिन्छु । 
सितलु कि यतै कतै छोइ दिन्छु सुस्तरी,हाँसोमा लुटाइदिन्छु आफु आसुँमा ढुबी । 
यसैगरी विताइदिन्छु ...


च्यतिदिन्छु आफुलाई बालीदिन्छु साँझमा,फालीदिन्छु आफुलाई दिनहरुको माझमा । 
गाइदिन्छु गीत आफ्नो आफ्नै गायकी पिइ । 
यसैगरी विताइदिन्छु ...

विपना नभइ बाँचीदिने

विपना नभइ बाँचीदिने म भित्रका मेरा सपना, म मरेपनी रहिदिने मेरा प्यारा प्यारा सपना
विपना नभइ ...


आसुँसितै पग्ली झर्ने हाँसो भित्रै खेली रहने, प्रीत नपाई रोजी हिड्ने यी अधुरा मेरा सपना ।
विपना नभइ ...


भावनामा अल्झिरहने, कल्पनामा बल्झिरहने, जीवन नपाइ खोजी हिंड्ने ति पुरना मेर सपना
विपना नभइ ...

तिमीलाई भुल्दा ...

तिमीलाई भुल्दा म एक्लो परेछु, तिमीलाई सम्झे तिमी याद आयौ ।
कुनै चिज मिठो म खोजी रहेथे, म सोची रहेथे, तिमी याद आयौ ।
तिमीलाई भुल्दा ...


उज्यालो बढेझै भयो आज झन् झन्, उज्यालो त मुस्कानले बर्षन्छ भन्छन् ।
कि मैलाई सम्झी तिमी मुस्कुरायौ कि आयौ तिमी चादनी रात आयो ।
कुनै चिज मिठो ...


तिमीले पनि सम्झीएकी भए लौ , सुन्यौ चाहनाले अझै मन परायो ।
मलाई भुलेकी भए के भनु खै, तिमी हर्ष आयौ, बिष्मात आयो ।
कुनै चिज मिठो ...
तिमीलाई भुल्दा ...