Pages

Sunday, May 23, 2010

विरही माया

{विरही माया अधुरो रह्यो बिर्सनु  कसरी, तड्पाइ दिन्छ जलाई दिन्छ याद आउछ बेस्सरी ।}२  
हो याद आउछ बेस्सरी । 


{टप्किन खोज्छन आसुँक थोपा गोधुली साँझमा, डुबाइ गयौ यो जिन्दगानी सगार माझमा । }२  
{किनारा छैन }२ साहारा छैन मन थामु कसरी ,तड्पाइ दिन्छ जलाई दिन्छ याद आउछ बेस्सरी ।


{नदीझै बग्ने त्यो तिम्रो माया झरनाझै झरेछ, सपना रम्ने आँखामा मेरो पर्दा नै खसेछ । }२ 
{गोरेटो छैन}२ उज्यालो छैन मै हिनु कसरी 
तड्पाइ दिन्छ जलाई दिन्छ याद आउछ बेस्सरी ।
विरही माया ...