मस्तिष्कको सिमित शब्दकोषबाट केही शब्दलाई छानेर, तौलिएर र क्रमबद्ध गरी शब्दको भौतिक परिभाषा दिएर यसको महत्वलाई घटाउने मेरो अभिप्राय होइन । तर शब्दको सर्बब्यापकता शब्दले नै बताउन सजिलो हुने हुँदा म केही भन्न जादैछु । त्यसो त पकृतिको अनुपम छटामा म शब्द नै शब्द पाउँछु । नदीनाला कलकलाउँदै बगिरहेछन् ; सल्लाका घारीहरु सुस्केरा हालि हल्लिरहेछन् ; पहाडहरु थर्कन्छन्-अडिग देखिन्छन् ; मैदानहरु सुस्ताउँछन्, अनि सागरहरु उर्लन्छन् । जहाँ शब्द बाहेक म अरु केहि पाउँदिन । पकृतिको शब्दमय पकृतिले गर्दा नै मलाई पकृति जीवन्त लाग्छ । शब्दमै म शान्ति पाउँछु ; शब्दमै म विद्रोह देख्छु ; शब्दमै म शितलता पाउँछु अनि शब्दमै म आगो बलेको देख्छु । शब्दमै म मान्छे हाँसेको देख्छु ; रोएको देख्छु र समग्रमा शब्दमै मान्छे बाँचको देख्छु । शब्दमै मान्छे मरेको देख्छु । मृत्युलाई चिन्न मैले मर्नै पर्छ जरुरी छैन । बाँचेर नै म शब्दबाट मृत्यु चिन्न सक्छु ,बुझ्न सक्छु र अनुभव पनि गर्न सक्छु । शब्दमै म देशभक्ति पाउँछु ; शब्दमै म विधुवाको वियोग अनुभव गर्न सक्छु र शब्दमै म कालाकारको सृजना नियाल्न सक्छु । मैले आजसम्म जे जति बुझेको छु् केवल शब्दबाटै पाएको छु ।
तपाईंलाई पनि लागेको होला, कतिपय शब्दमा हामि बानि परीसकेका हुन्छौं र हामीलाई ती हामै अभिन्न अङ्गझै लागेको हुन्छ । हाइस्कुलमा पढ्दाखेरी मलाई सरले भन्नुभएको एउटा कुरा याद आयो । यदि पहिले देखिनै पानिलाई आगो र आगोलाई पानि भन्ने शब्द दिईएको भए हामि अहिले त्यहि भन्थ्यौं होला । तर अब कसैले हामिलाई पानि देखाएर यो आगो हो ,यसले पोल्छ भन्यो भने हामि कदापी मान्न तयार हुँदैनौं । हामिलाई आगो शब्दलेनै एकैपल्ट बल्ने र पोल्ने याद गराईहाल्छ ।
शब्द हुँदैमा त्यसले सम्पुर्णता पदान गर्छनै भन्ने चाहिँ छैन । शब्दको कुनै खास अर्थ, उद्देश्य र प्रयोजन हुनुपर्छ । अर्थविनाको शब्द भनेको प्राणविनाको शरीर सरह हो । जसरी प्राण नभई शरीरले केहि काम गर्न सक्दैन त्यसरी नै अर्थविना शब्दले पनि केहि गर्न सक्दैन । म अझ यहाँ शब्दलाई ‘शिव’ र अर्थलाई ‘पार्वती’ भन्न उपयुक्त ठान्दछु । जसरी हामि शिव र पार्वतीलाई आदी शक्तिको रुपमा मान्छौं र तिनै शिवपार्वतीबाट यो भौतिक सृष्टि चलेको मान्छौं । त्यसरी नै शब्द र अर्थबाट मनुष्यको मानसिक संरचनाको संचालन भएको छ भन्ने कुरामा हामिले विश्वास गर्न सक्छौं । मानिसको मस्तिष्क, सोच्ने कला र कल्पनाको गहिराई यिनै हामा शब्द र अर्थबाट निर्देशित छन् ।
मान्छेले संसारलाई त्यतिमात्र बुझेको हुन्छ जति शब्द उसलाई त्यसको बारेमा थाहा छ भन्ने कुरामा तपाई पक्कै सहमत हुनुहुन्छ । दुइबर्षे बालकको संसार उसको घर, आमाबाबु, दिदीबहिनी, दाजुभाइ, दालभात, चिचिपापा आदि जस्ता सामान्य शब्दहरुमा केन्द्रित हुन्छ । उसलाई संसार त्यतिमात्र जस्तो लाग्छ । मान्छे जति हुर्कँदै जान्छ त्यतिनै धेरै शब्दको ज्ञान उसलाई हुँदै जान्छ भन्दा मलाई तपाईँहरुले विश्वास गर्ने ठाँउ धेरै हुन जान्छ । जति शब्दको उसलाई ज्ञान हुँदैजान्छ, उसले त्यतिनै जीवन र जगतलाई भिन्न प्रकारले बुझ्दै जान्छ । तुलनात्मक रुपमा वयष्क व्यक्तिमा बच्चा र वृद्धको भन्दा बढि शब्दभण्डार हुन्छ भन्दा हामा विद्धान वयष्क साथिहरुले नमान्ने कुरै भएन । अब यो समयमा उसले धेरै सृजना र अनुशन्धान एवं विकास गर्न सक्छ । कैयन शब्द तिनका ज्ञानका कारण उसको सोचाई वृहत र परिष्कृत बन्दै जान्छ ।
वास्तवमा ज्ञान अथाह छ - कहिल्यै सकिँदैन । अथाह ज्ञानलाई एकैपटक अनुभव गर्नु पक्कै सजिलो कुरा होईन । तर हामिले अप्ठ्यारो मान्नु पर्दैन । हामा सामु यस्ता शब्दहरु छन् जसको एकै उच्चारण र पयोगमा सम्पुर्ण ज्ञान, दर्शन, सिद्धान्त, विचार र अनुसन्धान जुन त्यो सँग सम्बन्धित छन् ,सबै हामो वसमा आउन सक्छन् । यसलाई म शब्दको जादु भन्न ज्यादा रुचाउँछु । हामिले प्लेटो, सुकरात र अरस्तुलाई शब्दमै चिनेका छौं । बुद्धको बुद्धत्व शब्दमै पढेका छौं र अलेक्जेण्डरको वीरता शब्दमै सुनेका छौं ।
अब म यहाँ मान्छेले सबैभन्दा बढि विश्वास गरेको तर कहिल्यै पनि नदेखेको ईश्वरको स्वरुपको वारेमा वताउँछु । आजसम्म कसैले पनि भगवान श्रीमहादेवको साक्षात् दर्शन गरेका छैनन् भन्ने कुरामा तपाइँ मेरो पक्षमा उभिनुभयो भने मैले तपाइँको ठुलो सहयोग पाएको ठान्ने छु । तर मेरो दिमागमा महादेव भन्ने वित्तिकै श्रीस्वस्थानिमा वर्णन गरिएअनुसारको भेषमा कैलाशपति सम्भोको चित्र आईहाल्छ । यसको लागि तपाईँ एकपटक आफ्नो प्रिय ईश्वरलाई सम्झिएर हेर्नुस् । शब्दले नै यिनै ईश्वर हुन् भन्ने भौतिक र आध्यात्मिक दृश्य हामो आँखा, मन र मस्तिष्कमा कोरिदिएको हुन्छ भन्ने कुरामा अब तपाइँले विश्वास नगरी सुखै छैन ।
मान्छे तबमात्र पुर्ण मान्छे भएर देखियो जबदेखि उसले शब्दको पयोग गर्न सुरु गर्यो भन्नेमा तपाईँले कत्ति पनि शंका गर्ने ठाउँ छैन । यदि यो कुरामा तपाईंले शंका गर्ने अलिकति पनि चेष्टा गर्नुभयो भने माफ गर्नुहोस् म तपाईलाई मान्छेको दर्जा दिन सक्दिन । हिसाबै गर्ने हो भने मानिसले तीनलाख वर्षअघिदेखि भाषाको पयोग सुरु गरेको र पैंतिसहजार वर्ष अघिदेखि लिखित सञ्चार सुरु गरेको इतिहासमा भेटिन्छ । भाषा एवं शब्दको उत्पत्ति, पयोग र विकासकै आधारमा मानिस अन्य प्राणी उपर श्रेष्ठ छ । शब्दमै मानिसका अनुभवहरु साटिएका छन् । इतिहास कोरिएका छन् । शब्दमै नियम कानुनहरु बनेका छन् । तिनै अनुभव, इतिहास, नियम, कानुन एवं मुल्य र मान्यताहरुद्धारा मानव समाज निदृष्ट भएर चलेको छ । त्यसमा नै म पशुको र मानवको राज्य बीच फरक पाउँछु ।यदि यहाँसम्म तपाईले मलाई बुझ्नु भएको छ भने अब मलाई शब्दले नै मान्छे जन्माएको हो भन्न गाह्रो पर्दैन ।
शब्द चेतनाको अमर देन हो । वाणीविना जगत् शुन्य छ, जीवन पङ्गु छ । संसारका प्राय: सारा व्यवहार शब्दव्यापारमा निर्भर छन् । सभ्यता र संकृति यसैमा फुल्दछ - फल्दछ । शब्द केवल विचार विनिमयको माध्यममात्र होईन अपितु विश्वमा जे जति सत्य छ, शिव छ, सुन्दर छ, ति सबैको व्यञ्जक पनि हो ।
शब्दबाट शुद्धता, पवित्रता र उपचार । शब्दको अर्को जादु अब म यहाँ देखाउँछु । हामिसँग यस्ता कति शब्दहरु छन् जसको उच्चारणमात्रबाट पनि हामा सबै पापहरु नष्ट हुन्छन् भन्ने हामिले विश्वास गर्दै आएका छौं । कतिपय शब्दबाट हामि पवित्र हुन्छौं र शान्तिको अनुभव गछौं । हिन्दुधर्म दर्शनको एउटा शब्द ‘ॐ’ ले तपाईलाई यो कुरा बुझ्न धेरै सहयोग गर्न सक्छ । मैले बुझेअनुसार ॐ शब्दको उच्चारणबाट हाम्रो शरीर भित्र हुने एक किसिमको विकारयुक्त पदार्थ श्वास मार्फत बाहिर निस्कन्छ र यसबाट हामी शारीरिक र मानसिक दुवै रुपमा शुद्ध भएको महशुस गर्न सक्छौं ।
कतिपय कुराहरु त हामी आफैंले पनि अनुभव गर्दै आएका छौं । हामीले डर, चिन्ता वा अन्य कारणले असजिलोपन अनुभव गरेको वेलामा जब हामी कुनै मन्त्रोच्चारण, जप वा केहीको सम्झना गर्छौं तव हामीलाई मन हलुका भएको महशुस हुन्छ । यो एक स्वभाविक प्रक्रिया हो । त्यस्तै हामा कतिपय मन्त्र, यहाँ मन्त्रलाई शब्दशुत्र भन्नु बढि उपयुक्त हुनसक्छ, ले दैवीशक्तिलाई समेत वसमा पारेको र कहिल्यै निको नहुने असाध्य रोगहरुपनि निको भएका घटनाहरु तपाईँले पनि पक्कै सुनेको हुनुपर्छ । यसलाई मैले शब्दको मनोवैज्ञानिक पभावको रुपमा लिएको छु ।
यति भएपछि अब शब्दबाट अनुभव गर्न नसकिने चिज या वस्तुको अस्वित्व यो संसारमै छैन भन्ने निश्कर्षमा तपाईँ पनि पुग्नुभयो होला भन्ने कुरामा मलाई पुर्ण विश्वास छ । यौवनाको वैंश, प्रेमानुभुति, स्वर्गको कल्पना आदिलाई शब्दबाट आनन्द लिन तपाईं हामीलाई बानि परेको छ । प्रेममा सौंदर्यको वर्णन भएन भने त्यसलाई के भन्ने ? तपाईं आफैं विचार गनुहोस् । पक्रृति र पुरुष बीचको रतिक्रियाको दृश्यवर्णनमा म शब्दको खेल नै ज्यादा भएको अनुभव गर्छु । इमान्दारीपुर्वक भन्नुपर्दा मैले आजसम्म संभोग र जीवनलाई एकै पटक अनुभव गरेको छैन, तपाईं हास्नुहुन्छ मलाई थाहा छ, र मेरो नैतिकताले नदिएसम्म म त्यसको आवाश्यकता पनि ठान्दिन । तर मलाई त्यो सँग जोडिएर आउने शब्दलेनै त्यसको अनुभव प्रदान गरिसकेको छ ।
मान्छेले व्यवहार भन्दा पनि शब्दबाट ज्यादा कुराको अनुभव गरेको हुन्छ भन्ने कुरामा त तपाईं पनि आईपुगिसकेको हुनुपर्छ । यो मनुष्यको छोटो र तुच्छ जीवन वास्तविक जीवन् र जगत् बुझ्न एक अंशपनि सक्षम छैन भन्दा तपाईंले पक्कै नाक खुम्च्याउनु हुन्न । अझ त्यसमा पनि मान्छेले शब्दबाट गर्ने अनुभव र सोचाईंलाई त्यो सानो अंशबाट पनि झिकिदिने हो भने अब उसको भौतिक अनुभव सागरको एक थोपा पानिमा गनिन पुग्छ । अब तपाईं सायद डराउनु पनि भयो होला । तर तपाईंले डर मान्नु पर्दैन । तपाईंले निर्धक्कसँग त्यसको जिम्मा ब्दलाई दिन सक्नुहुन्छ । जीवन, जगत् र पकृति जत्तिकै शब्दपनि विशाल र सजीव छ । तपाईंले सेक्सपियरको रोमियो जुजियट देखि लिएर देवकोटाको मुनामदनसम्म लाई शब्दमै भेट्नु भएको छ । यसलाई शब्दको सजीवता भन्न सकिन्छ ।
त्यसैले सुर्यविनाको संसार र शब्दविनाको मानवजीवन म कल्पना समेत गर्न सक्दिन । शब्दमै म संसारको सार भेट्टाउँछु । शब्द मानिसको आदत बनिसकेको छ । दिनहुँजसो हरेक भाषामा हजारौं शब्दहरु घटिरहन्छन् । त्यस्तै हजारौं शब्दहरु थपिईरहन्छन् । निरन्तर बगिरहने नदीझैं म जीवनमा शब्दको प्रवाह देख्छु । यहाँ मैले खुद शब्दको बखान गर्न समेत शब्दकै सहारा लिनु मेरो आवाश्यकता र बाध्यता दुवै रहेको कुरालाई सायद तपाईंले पनि अनुभव गरिरहनुभएको होला । त्यसैले म शब्दको पूजा गर्छु । शब्दको सम्मान गर्छु । शब्दलाई प्रेम गर्छु । म शब्दसँगै जीउँछु र शब्दसँगै मर्छु पनि ।
इदमन्धं तम कृत्स्नं जायेत भुवनत्रयम् ।
यदि शब्दाह्वयं ज्यातिरासंसारं न दीप्यते ।।
(आचार्य दण्डी (काव्यादर्श )
अर्थात, संसारभर शब्दरुपी ज्योति नबलेको भए तीनै भुवन निष्पट्ट अँध्यारो हुँदो हो ।