Pages

Tuesday, December 07, 2010

रै छ





रोइ रोइ बचेँपनी हस्नै पर्ने रै छ
हासी हासी रोए पनि बाँच्नै पर्ने रै छ


रित्तै हुदो रै छ क्यारे अभागीको कर्म यो 
सुख जती आए पनि, दु:ख साच्नै पर्ने रै छ


भित्र के छ कस्लाई के थाहा, देखाओटी छ संसार 
खुट्टा खोल्छ्यङ खोल्छ्याङ गर्दै नाच्नै पर्ने रै छ


पाउनु केही मात्रै यहाँ, गुमाउनु छ सबथोक 
सर्प मार्दा लट्ठी यहाँ भाँच्नै पर्ने रै छ


रोइ रोइ बचेँपनी हस्नै पर्ने रै छ
हासी हासी रोए पनि बाँच्नै पर्ने रै छ

के को रहर ?



बाँच्न मलाई के को रहर, आफन्तैले मारेपछी 
जित्न मलाई के को रहर, तिमीबाटै हारेपछी 


यात्राभरी दौडीरहें, पुग्ने कुनै ठाउँ छैन 
खोज्नु मलाई के को रहर, पाइला अन्तै सारेपछी 


जे डर थियो त्यै भैदियो, जीवन मेरो सुस्तायो 
उठ्न मलाई के को रहर, तिमीले तल झारेपछी 


आँखा देख्छ अन्धकार, मन मेरो निराश भो 
हांस्न मलाई के को रहर, तिमीले दु:खमा पारेपछी 


हुन सक्छ यो जिन्दगी, तिमी सम्झी बिती जाला 
खोजी बस्छु तिमी लाई नै, कालले जीवन तारेपनी  

निस्ठुरी

निस्ठुरी 


जवानीले आवाज दिएर हजुर, त्यसै आ'को कहाँ हो र 
उमेर यस्तै के गरु हजुर, माया ला'को कहाँ हो र 


पापी भनी नभन्नु मलाई, दोष मेरो मात्रै थिएन 
तिम्रो पनि त इच्छ्या थियो, तेसै भा'को कहाँ हो र 


पागल हैन म ता हजुर, दिमाग मेरो उस्तै छ 
मनको त्रिश्णा मनले मेट्यो, बुद्धी गा'को कहाँ हो र 


होस मै थिए म पनि त हजुर, त्यस्तै पर्न गयो
जवानीमा यस्तै हो हजुर, थाहा न'पा'को कहाँ हो र 


भन्छौ मलाई यो 'निशेद' कती सार्हो निस्ठुरी 
समय त्स्तै पर्‍यो हजुर, मनले खा,को कहाँ हो र  

तिम्रो तस्विर





किन किन तिम्रो तस्विर आँफैलाई पोल्न थाल्यो
विर्सिएको मायालाई सम्झी मन बिथोल्न थाल्यो


सधैं एक्लै बोल्थें तिम्रो तस्विरहरुसँग रमेर
स्‍मृतिबाट तिम्रो तस्विर आज एक्लै बोल्न थाल्यो


रातदिन तिमीलाई सम्झेपनी बिर्सियझै गर्दैथिए
आँफैलाई ढांट्दै आएको मनको रहस्य खोल्न थाल्यो


उर्लियको मनको भाव बिस्तारै सेलाउदै थियो
धेरै पछी आज आचनक आत्मा मेरो पिरोल्न थाल्यो


माया उनको पाउने रहर जिवित नै थियो
यो 'निशेद' ले गरेको भुलको दस्तुर असुल्न थाल्यो