नेपालमा घर भएका (उनी 'नेपाली' हुन्
भन्ने एकमात्र बलियो आधार हो यो जस्तो लाग्छ) र हालसालै 'नेपाली' थर
राखेका एक मित्रले फेसबूकको म्यासेज इन्बक्समा लेखे, "स्ट्याटसहरु त
दह्रो जान्छन देशभक्तिका तर नाम चाँही किन बिदेशी झै लाग्ने राखेको? "
उनले
अरु पनि धेरै लेखेका थिए । सन्दर्भसगै म यहाँ सबैजसो उल्लेख गर्दै जानेछु ।
खजान्ची अनिल शाहले फेसबूकमा नामका पछाडि 'नेपाली'
लेख्न
सुरु गरेको भनेर केही अखबारहरुले उनको अन्तर्वाता समेत छापे । तर मेरै एक मित्रले 'म नेपाली' नाम राखेको मलाई लाग्छ तीन चार बर्ष भयो । अन्य कतिले कती बर्ष देखी
यसो गरे यसै भन्न सकिन्न तर अखबारहरुले केही घरानिया र चर्चित अनुहारहरुलाई 'राष्ट्रबादी'को
अग्रपंतीमा उभ्याउने काम गरे र अझै गर्दै छन पनि । तथापी तिनीहरुको 'राष्ट्रभक्ती'
मापन
गर्ने कुनै यन्त्र भने ति
अखबारवालाहरुसँग पनि छैन ।
फेसबूके 'राष्ट्रबादी'हरु
देशको वास्तबिक समस्याको पहिचान र त्यसको समाधान के हुन सक्छ भन्नेमा बिल्कुल
ख्यालै नदिइ (यदी त्यसो हुदो हो त यस बिषयमा केही त पक्कै लेख्थे होला नि) एकोहोरो
'अखण्ड' र 'नेपाली' शब्दको अलाप
मात्र गरिरहे । संघियताको बिरोधी, 'अखण्ड'
पुकारक
एवं नाम्पुछ्रे 'नेपाली' मेरा ति
मित्रलाई मेरो फेसबूक नाम बिदेशी प्रतित हुँदैमा म 'अराष्ट्रबादी'
हुन्न
भन्ने बताउन म यहाँ केही लेख्दै छु ।
लिम्बुको छोरोले (तपाईं यहाँ तक्मे बुढोको 'डायलग' सम्झेर एकैछिन हाँस्नुभयो भने पनि म 'माइण्ड' गर्दैन) एउटा राज्य पाउनुमा म ठाडै अस्विकार
गर्दिन । हुर्केको छोरो घरमा छुट्टै कोठा चाहन्छ भने त्यो घर बिद्रोह कदापी हुन
सक्दैन । बरु त्यसमाथी उल्टो सुल्टो कुरा झिकेर बखेडा झिक्दा झन स्थिती नराम्रो
हुन सक्छ - प्रमाणहरु हामी सामु देखिदै छन । घर छेवै हर साँझ बिहान तरकारी डुलाउने
हाम्रा मधेसीहरुलाई हामीले कती सतायौ त्यो पनि हेक्का राख्नु पर्छ । त्यसैले
सताब्दीयौ देखी राष्ट्रको बिषम हावापानी, भुगोल, र अभाबहरुमाझ
रहेर पनि जमिनको रक्षा गरिरहेका हाम्रा शेर्पाहरु, मधेसीहरु,
र
जातजातिहरुलाई हामीले चिन्नुपर्दछ । हाम्रो उदेश्य एकजुट हुनु हो, तर
एउटै कोठामा सधैं लडाईं गरेर हिनताबोधमा सँगै बस्नु भने होइन । अधिकार र क्षेत्रको
बाडफाडले क्षमता बढाउन सक्छ तर कुण्ठा र बैमनश्यताले बित्रिष्णा बाहेक केही दिदैन
। सबैको भलो हुने जादुको छडी अबको संसारमा सम्भव छैन तर पनि अधिकतम जनताको भलो
हुने अहिलेको अपरिहार्य आवाश्यकता बनिसकेको 'संघियता' प्रती
सजग हुनु राम्रो कुरा हो तर संकामात्र गर्नु किमार्थ राम्रो होइन ।
हुन त आजभोली 'राष्ट्रबाद' पनि
'राजा महिन्द्रे'को र कुन्नी कस्को भन्ने तरिकाले
व्याख्या गरिन्छ । यसै मेसोमा 'निशेदको
राष्ट्रबाद' पनि
पढिहाल्नुस् । कही कतै कसैसँग तर्क-कुतर्क गर्न सायद काम लाग्न सक्छ ।
देशभक्ती कुनै अमुर्त चिन्तन मात्र होइन । यो त
देशको भुगोल, सम्पदा, कला संस्क्रिती, जातजाती, धर्म, भाषा
आदीको सम्मान हो र त्यसको अबिछिन्न स्वीकार पनि हो । सायद राजा महेन्द्रले पनि
त्यसै भन्न खोजेका थिए होलान् । मौका पाए टाउकैले टेकेर भए पनि बिदेश सुइकिन तैयार
मित्रहरु आफु देशको मायाले स्वदेशमै भएको तर्कले मात्र केबल आफुलाई सच्चा
राष्ट्रबादी अर्थ्याउन खोज्दछन भने त मेरो भन्नु केही छैन ।
“फेसबूक
'स्ट्याटस'हरुमा देशभक्तीका गफ छाट्दैमा कोही
सच्चा देशभक्त हुँदैनन” भन्ने
ति मित्रको तर्क केही हदसम्म बलियो पनि लाग्यो मलाई । तर मैले लेखेका कुनै भावका
पङ्तीहरुबाट कसैले कम्तिमा एउटै मात्र पनि नेपाली शब्द सिक्छ भने म सम्झन्छु म मेरो
भाषाको रक्षा गरिरहेको छु । मैले 'सेयर' गरेको कुनै नेपाली गीतको 'भिडियो' वा चलचित्रको प्रसँगले कम्तिमा पनि बजारमा कुन नेपाली गीत वा चलचित्र
आउँदै छ भन्ने कसैले थाहा पाउछ भने म सम्झन्छु म देशको कला र संस्क्रितीको
प्रबर्दन गरिरहेछु । त्यस्तै, मैले 'सेयर' गरेका समाचारका प्रसँगहरुले कसैलाई
देशको गतिबिधि अध्याबधिक गराउछ भने म सम्झन्छु म देशको खबर बताउदै छु । अनी अर्को
कुरा, देशको सिमाना, भुगोल एवं प्राकृतिक सम्पदाको रक्षार्थ
खटिन मैले गरेको पटक पटकको प्रयास दुर्भाग्यबश असफल भएकै हो तथापी मैले सकेको र
जानेको कामबाट देशको सेवा गरीनै रहने छु । तर यी कुराहरु मेरा मित्रले बुझेनन् वा
बुझ्न चाहेनन् यसै भन्न सक्दिन । फेसबूकमा बिदेशी भाषा र संस्क्रितीका गीत
संगीतमात्र धेरै 'सेयर' गर्ने र 'स्ट्याटस' समेत मुस्किलले नेपालीमै लेख्न खोजेपनी
स्वरुप तोडमोड गरेर, नेपाङ्ग्रेजी
पारामा वा रोमनमा लेख्ने मेरा ति मित्र भन्दा म निक्कै बढी, फेसबूके नै सही, राष्ट्रबादी छु भन्नेमा म बिश्वस्त छु
।