Pages

Wednesday, December 08, 2010

देउताको खोजी



विना देउताको मन्दिर पूजी रै छु आज 
मायालु त्यो मनको देउता खोजी रै छु आज 


काली बोको भाकल गरी माग्ने छैन कहिले 
कसरी म उनलाई पाउँ सोची रै छु आज 


यी भिडको कोलाहलमा आफु एक्लाई हराउदै 
प्रियसीका ति स्पन्दन रोजी रै छु आज 


आँखा मेरा रसाय नि तिम्रा ओभानै छन 
यस्तै रै छ पिरती भन्ने बुझी रै छु आज 


विना देउताको मन्दिर पूजी रै छु आज 
मायालु त्यो मनको देउता खोजी रै छु आज 

घ्रिणाको लात



उही तारा उही जुन उस्तै अध्यारो रात पनि 
फरक यती तिमी गयौ एउटा तितो याद बनी 


छल हैन माया थियो तिमीले बुझ्न सकेनौ 
खेर गयो मेरो निशानी झरेको पात बनी 


देख्दिन कतै भूल मेरो तिमीले माया छुटायौ 
चस्स बिझ्छ यो मनमा माया निस्ठुरीको वात बनी 


जाग्दै थिए जिउने रहर मायाले छाती भरिदा 
आएकी थियौ सहारा दिने मायाको हात बनी 


त्यो पापी मनले भनौला सायद साले 'निशेद' मलाई 
बर्षन्छ तिम्रो चोटीलो बाचन घ्रिणाको नमिठो लात बनी  

मायाको आभास



हे आवाज आज एकै छिन् मौन रही 
दुई तन एक गरी सुस्केरामा गाउन दे 


संसारलाई आज एकछिन बिर्सिइ
एकान्तमा उनीसँग रमाउन दे 


हे सुर्य आज रश्मी लुकाइ 
अध्यारोमा उनिसँग हराउन दे 


पाखाभरी ढकमक लालीगुरास फुली 
मायालुको सिउदो सजाउन दे 


हे झरी आज एकछिन बर्सिइ
स्पर्सी मायाको आभास पाउन दे 

बरु मर्न सकुँ

तस्विर तिम्रो हेरी रही केही बात गर्न सकुँ 
तस्विर बाटै दर्शन गरी यो म भर्न सकुँ 


सर्है छलिंए तिम्रा सुन्दर हेराइ मा म ता 
नजर बाटो गरी त्यो मन भित्र सर्न सकुँ 


किन किन तिमी त्यसै टाढा लाग्छ मलाई 
बर्षातको झरी बनी तिमी माथि झर्न सकुँ 


नदेखेको धेरै भयो, नछोएको झनै 
उजेलीको किरण अघी तिमी सामु पर्न सकुँ 


जागिरहे मेरा यस्ता इछ्या सधैं 
तिमीबाट टाढीनुभन्दा पहिले मर्न सकुँ