Pages

Tuesday, December 07, 2010

के को रहर ?



बाँच्न मलाई के को रहर, आफन्तैले मारेपछी 
जित्न मलाई के को रहर, तिमीबाटै हारेपछी 


यात्राभरी दौडीरहें, पुग्ने कुनै ठाउँ छैन 
खोज्नु मलाई के को रहर, पाइला अन्तै सारेपछी 


जे डर थियो त्यै भैदियो, जीवन मेरो सुस्तायो 
उठ्न मलाई के को रहर, तिमीले तल झारेपछी 


आँखा देख्छ अन्धकार, मन मेरो निराश भो 
हांस्न मलाई के को रहर, तिमीले दु:खमा पारेपछी 


हुन सक्छ यो जिन्दगी, तिमी सम्झी बिती जाला 
खोजी बस्छु तिमी लाई नै, कालले जीवन तारेपनी  

No comments: