Pages

Sunday, May 23, 2010

मन्दिरमा छ कि मुर्तिमा माया

{मन्दिरमा छ कि मुर्तिमा माया}२ पत्थरमा छ कि धुलोमा माया
कोही त देखाउ, कोही त बताउ, खै कहाँ छ माया, कहाँ छ माया
मन्दिरमा छ कि...


{एक अन्जुली मायाको लागि पल पल हृदय चर्कन्छ}२
{साउन र भदौ बनेर आँखा}२ {बर्षाउ बर्ष बर्षन्छ}२
हाँसोमा छ कि आसुँमा माया, फूलमा छ कि काडामा माया
कोही त देखाउ, कोही त बताउ, खै कहाँ छ माया, कहाँ छ माया
मन्दिरमा छ कि ...


{एउटी आमा जिउदै जल्छे छोराको माया ममतामा}२
{एउटा छोरो मरेर बाचछ}२ {आमाको सपना विपनामा}२
रगतमा छ कि नातामा माया, विश्वासमा छ कि वाचामा माया
कोही त देखाउ, कोही त बताउ, खै कहाँ छ माया, कहाँ छ माया
मन्दिरमा छ कि ...