Pages

Tuesday, October 16, 2012

दशैंको मासुप्रती हाम्रा नेताहरुको धारणा

फोरमका नेताहरु : मधेसका खसिबोका मधेसमै खपत हुनुपर्छ । पहाडीयालाई दिनु हुन्न । बरु भारत पठाइन्छ र गोला बारुद ल्याइन्छ । 

दमल पापा : एकै ठाउमा भेला भ'र फोकटमै झ्याम्म मासुभात खान पाईन्छ भनेर दलहरु संबिधानसभाको पुनर्स्थापनामा लाग्या हुन् । 

झुसिल पोइ र ला र ? : खसी , बोका, कुखुरा, हाँस जसलाई जे खान मन छ खानुहोस् । के गर्नु आफ्ना त दात छैनन , उदण्डजी ले खा'को हेरिन्छ बसिन्छ । 

उदण्ड : के कुरा गर्या झुसिलजी , मलाई छेर्पट्टी लाग्दैन ? बरु तपाईं केरा खानुहोस् । यसपल्ट चाँही तपाईंलाई दुई दर्जन केरा पक्का ! 

साधुराम रट्टभाइ : चेपाङ बस्तिमा धेरै खसी बोकाहरु कराको मैले सुन्या छु । यस्पल्ट तीनले पहिलो प्राथमिकता पाउनु पर्छ र नपुग भारतबाट ल्याउनु पर्छ- 'विप्पा' के हो त नत्र ? चिनका च्याङ्ग्रा त अबैध्यका बादरहरुले बुत्त्यैहाल्छन नि । 

अबैद्ध्य : दशैंमा मासु खानु सामन्ती सोच हो । बरु फर्सी खाओ , काक्रा, घिरौला र कुभिन्डो खाओ । मलाई सब भेजिटेरिअनको साथ छ । अस्टमीकै दिन हामी आन्दोलन गर्दै छौं । 

टोपी गोली : गुरिल्लाहरुले खसी बोका के बाँकी राख्लान र भनेर मैले त बस्नेतजीहरुलाई भनेर राङा भैंसीको व्यबस्था गरिसक्या छु । बाल मतलव ! 

हाकुने : मान्छे अनुसारको भोजन गर्नु भन्छन्; आफु त झ्याप्प खरायोको मासु खाइन्छ । यत्रै सित्ती । 

(भिडभाडमै उदण्डपुत्रले जिब्रो चिप्ल्याइहाले )

उदण्डपुत्र : आफुलाई त आजभोलि आर्काको श्वास्नीकै गन्ध मन पर्छ । बोका- कुखुरा ठुस्स गन्हाउछन् । :P

Friday, July 20, 2012

गूड्बाइ दीपकराम


असार २६ गते राती मित्र बिनोद श्रेष्ठले एउटा फोटो 'ट्याग' गरे जसमा हाम्रा स्कुले साथी दीपकराम खड्काको असार १४ मा भएको असामयिक निधनप्रती श्रद्दान्जली र परिवारजनमा समबेदना लेखिएको थियो । म स्तब्ध भएँ । आफु काममा भएकोले तत्काल कुनै संपर्क गर्न सकिन । त्यसको केही दिन पछी उसको मृत्‍युको कारण बारे थाहा पाएँ । आफ्नो साथी गुमाउनु परेको यो नै मेरो पहिलो घटना थियो ।


Image source:
https://www.facebook.com/deepakram.khadka
हुन त अहिलेको समयमा अक्सर सकल साथीहरुका विवाह, सन्तानलाभ, बिदेश यात्रा, पदोन्नती, दिक्षान्त, एवं प्रगतीजस्ता गतिबिधी सुनिन्छन, तर फरक र दु:खद् यो घटनाले मलाई जीवनको एउटा तितो यथार्थ पाटोको पनि बोध गरायो । पटक पटक मृत्‍युको मुखबाट जोगिएको म स्वमं पनि बाँचेपछि फेरी गहीरिएर मृत्‍युको बिषयमा सोच्ने साहस कहिले भएन । यसर्थ, मित्र दीपकरामको मृत्‍युको घटना मेरा लागि जीबन चियाउने एउटा ऐना बन्न पुगेको छ । गूड्बाइ दीपकराम , हामी सदैब सम्झिरहने छौं । 

झन्डै १५ बर्ष अघी हामी सँगै कक्ष। सातमा पढ्थ्यौ । स्कुलको हाल्फछुट्टीमा हामी चौरमा भेटिन्थ्यौ । अर्का मित्र खुमलाल आले, दीपकराम र म प्राय: सँगै हुन्थ्यौं । पढाईका अलावा हामीमा पछी के बन्ने भन्ने बिषयमा हाम्रो एकमत थियो - आर्मी बन्ने । हामी मध्य खुमलाल अहिले नेपाली सेनामा छ । सुडोल छ फिटे शरीर, ५-७ जनालाई एक्लैले भ्याउने ज्यान र अत्यन्तै कोमल हृदय भएको दीपकरामको यस किसिमको अन्त्य सायदै कसैले सहला ।

दीपकरामले मिठो गीत पनि गाउथ्यो । मेरो दाई आँफैले लेखेको भन्दै हामीलाई प्राय: यो गीत लय हालेर पुरै गाएर सुनाउथ्यो -" मायालुले, हो हो हो ,मायालुले के गर्‍यो यस्तो, जिउदै मर्नु पार्दियो कस्तो, दुई दिन जीवनमा " । गीतको लय चाँही ठ्याक्कै  पुरानो हिन्दी गीत "पायलीया, हो हो हो " को थियो । उसले गाउँने यो पुरानो गीत मलाई अझै पुरै कण्ठस्थ छ ।

स्कुल सकिएपछी हामी तिनै जनाको भेट एकाध पटक भयो होला । समय पनि धेरै बितिसक्यो । यो क्रममा साथीहरु धेरै बने, धेरै छुटे पनि । तर थोरै कम साथीले मात्र जीवनमा अमिट छाप छोड्छन । गूड्बाइ दीपकराम, हामी सदैब सम्झिरहने छौं ।

Tuesday, June 05, 2012

म, फेसबूके 'नेपाली'हरु र राष्ट्रबाद


नेपालमा घर भएका (उनी 'नेपाली' हुन् भन्ने एकमात्र बलियो आधार हो यो जस्तो लाग्छ) र हालसालै 'नेपाली' थर राखेका एक मित्रले फेसबूकको म्यासेज इन्बक्समा लेखे, "स्ट्याटसहरु त दह्रो जान्छन देशभक्तिका तर नाम चाँही किन बिदेशी झै लाग्ने राखेको? " उनले अरु पनि धेरै लेखेका थिए । सन्दर्भसगै म यहाँ सबैजसो उल्लेख गर्दै जानेछु । 

खजान्ची अनिल शाहले फेसबूकमा नामका पछाडि 'नेपाली' लेख्न सुरु गरेको भनेर केही अखबारहरुले उनको अन्तर्वाता समेत छापे । तर मेरै एक मित्रले 'म नेपाली' नाम राखेको मलाई लाग्छ तीन चार बर्ष भयो । अन्य कतिले कती बर्ष देखी यसो गरे यसै भन्न सकिन्न तर अखबारहरुले केही घरानिया र चर्चित अनुहारहरुलाई 'राष्ट्रबादी'को अग्रपंतीमा उभ्याउने काम गरे र अझै गर्दै छन पनि । तथापी तिनीहरुको 'राष्ट्रभक्ती' मापन गर्ने कुनै यन्त्र भने ति अखबारवालाहरुसँग पनि छैन ।

फेसबूके 'राष्ट्रबादी'हरु देशको वास्तबिक समस्याको पहिचान र त्यसको समाधान के हुन सक्छ भन्नेमा बिल्कुल ख्यालै नदिइ (यदी त्यसो हुदो हो त यस बिषयमा केही त पक्कै लेख्थे होला नि) एकोहोरो 'अखण्ड' 'नेपाली' शब्दको अलाप मात्र गरिरहे । संघियताको बिरोधी, 'अखण्ड' पुकारक एवं नाम्पुछ्रे 'नेपाली' मेरा ति मित्रलाई मेरो फेसबूक नाम बिदेशी प्रतित हुँदैमा म 'अराष्ट्रबादी' हुन्न भन्ने बताउन म यहाँ केही लेख्दै छु ।

लिम्बुको छोरोले (तपाईं यहाँ तक्मे बुढोको 'डायलग' सम्झेर एकैछिन हाँस्नुभयो भने पनि म 'माइण्ड' गर्दैन) एउटा राज्य पाउनुमा म ठाडै अस्विकार गर्दिन । हुर्केको छोरो घरमा छुट्टै कोठा चाहन्छ भने त्यो घर बिद्रोह कदापी हुन सक्दैन । बरु त्यसमाथी उल्टो सुल्टो कुरा झिकेर बखेडा झिक्दा झन स्थिती नराम्रो हुन सक्छ - प्रमाणहरु हामी सामु देखिदै छन । घर छेवै हर साँझ बिहान तरकारी डुलाउने हाम्रा मधेसीहरुलाई हामीले कती सतायौ त्यो पनि हेक्का राख्नु पर्छ । त्यसैले सताब्दीयौ देखी राष्ट्रको बिषम हावापानी, भुगोल, र अभाबहरुमाझ रहेर पनि जमिनको रक्षा गरिरहेका हाम्रा शेर्पाहरु, मधेसीहरु, र जातजातिहरुलाई हामीले चिन्नुपर्दछ । हाम्रो उदेश्य एकजुट हुनु हो, तर एउटै कोठामा सधैं लडाईं गरेर हिनताबोधमा सँगै बस्नु भने होइन । अधिकार र क्षेत्रको बाडफाडले क्षमता बढाउन सक्छ तर कुण्ठा र बैमनश्यताले बित्रिष्णा बाहेक केही दिदैन । सबैको भलो हुने जादुको छडी अबको संसारमा सम्भव छैन तर पनि अधिकतम जनताको भलो हुने अहिलेको अपरिहार्य आवाश्यकता बनिसकेको 'संघियता' प्रती सजग हुनु राम्रो कुरा हो तर संकामात्र गर्नु किमार्थ राम्रो होइन ।

हुन त आजभोली 'राष्ट्रबाद' पनि 'राजा महिन्द्रे'को र कुन्नी कस्को भन्ने तरिकाले व्याख्या गरिन्छ । यसै मेसोमा 'निशेदको राष्ट्रबाद' पनि पढिहाल्नुस् । कही कतै कसैसँग तर्क-कुतर्क गर्न सायद काम लाग्न सक्छ ।

देशभक्ती कुनै अमुर्त चिन्तन मात्र होइन । यो त देशको भुगोल, सम्पदा, कला संस्क्रिती, जातजाती, धर्म, भाषा आदीको सम्मान हो र त्यसको अबिछिन्न स्वीकार पनि हो । सायद राजा महेन्द्रले पनि त्यसै भन्न खोजेका थिए होलान् । मौका पाए टाउकैले टेकेर भए पनि बिदेश सुइकिन तैयार मित्रहरु आफु देशको मायाले स्वदेशमै भएको तर्कले मात्र केबल आफुलाई सच्चा राष्ट्रबादी अर्थ्याउन खोज्दछन भने त मेरो भन्नु केही छैन ।

फेसबूक 'स्ट्याटस'हरुमा देशभक्तीका गफ छाट्दैमा कोही सच्चा देशभक्त हुँदैनन भन्ने ति मित्रको तर्क केही हदसम्म बलियो पनि लाग्यो मलाई । तर मैले लेखेका कुनै भावका पङ्तीहरुबाट कसैले कम्तिमा एउटै मात्र पनि नेपाली शब्द सिक्छ भने म सम्झन्छु म मेरो भाषाको रक्षा गरिरहेको छु । मैले 'सेयर' गरेको कुनै नेपाली गीतको 'भिडियो' वा चलचित्रको प्रसँगले कम्तिमा पनि बजारमा कुन नेपाली गीत वा चलचित्र आउँदै छ भन्ने कसैले थाहा पाउछ भने म सम्झन्छु म देशको कला र संस्क्रितीको प्रबर्दन गरिरहेछु । त्यस्तै, मैले 'सेयर' गरेका समाचारका प्रसँगहरुले कसैलाई देशको गतिबिधि अध्याबधिक गराउछ भने म सम्झन्छु म देशको खबर बताउदै छु । अनी अर्को कुरा, देशको सिमाना, भुगोल एवं प्राकृतिक सम्पदाको रक्षार्थ खटिन मैले गरेको पटक पटकको प्रयास दुर्भाग्यबश असफल भएकै हो तथापी मैले सकेको र जानेको कामबाट देशको सेवा गरीनै रहने छु । तर यी कुराहरु मेरा मित्रले बुझेनन् वा बुझ्न चाहेनन् यसै भन्न सक्दिन । फेसबूकमा बिदेशी भाषा र संस्क्रितीका गीत संगीतमात्र धेरै 'सेयर' गर्ने र 'स्ट्याटस' समेत मुस्किलले नेपालीमै लेख्न खोजेपनी स्वरुप तोडमोड गरेर, नेपाङ्ग्रेजी पारामा वा रोमनमा लेख्ने मेरा ति मित्र भन्दा म निक्कै बढी, फेसबूके नै सही, राष्ट्रबादी छु भन्नेमा म बिश्वस्त छु ।      
       

   

Saturday, May 26, 2012

हामीलाई 'एक्का' चाहिएको छ

'बाद शाह' थुतेर फ्याकियो, सँगै 'मिस्सी' पनि गइ, 'गुलाम'हरुले राज गरे यो 'दुवा' देखी 'दहर'हरुको शहरमा । हिसाबैले भन्छ, अब हामीलाई 'एक्का' चाहिएको छ ।

Thursday, May 03, 2012

म, तुम् र पुलीस


Hindu devotees gather to bathe in the River Ganges, holy to 
Hindus, during the Kumbh Mela festival in Haridwar on
 Sunday. Photo: PTI
सबेरै वाराणसी (बनारस) बाट निस्कदा सडकको छेउछाउमा शौच गर्नेहरुको लामै लर्को देखिन्थ्यो । पूर्ण प्राकृत शौच मलाई पनि कम आनन्दको लाग्दैन । द्रिश्यमा अरु पनि धेरै थिए । समथर फाँटहरुमा केराका बुट्ट्यानहरु, आँपमा झाडीहरु, तोरीका बालीहरु र दालका खेती आँखाले नभ्याइन्जेल थिए । काठमाडौं छोडेको केही दिनहरुमै मलाई हरिया पहाडहरु 'मिस' भैरहेका थिए । जाँदा दाउन्ने कटेपछी र फर्कदा उही दाउन्ने नभेटिन्जेल मैले पहाडको त के कुरा र उकालो बाटो समेत कतै देखिन । 

कुरा सन् २००७ तिरको हो । हामी कुम्भमेला हेर्न भनी भारतको उत्तर प्रदेशको अलाहबादस्थित प्रयागनगर जादै थियौ । हामी गोरखपुरदेखी चढेको सेतो 'महेन्द्र बूलेरो'को अगाडी साइकल चित्रित झण्डा थियो । त्यसको अर्थ त्यही ड्राइभर जानोस तर भन्दै थियो," आपलोग निस्चिन्त रहो, आगेका झण्डा आपलोगका यात्रा आसान करेगा ।


राजमार्गमा 'होटल सोलु' भने पनि 'म्याकडोनल्ड्स्' भनेपनी त्यही 'ढावा' मात्र हुँदा रहेछन् । चिया, चावल, दाल, रोटी बाहेक अर्थोक पाउन मुस्किल । माटाको सानो भाडो (दियो जत्रै) मा पाइने एक रुप्पेको चिया एक घुट्की पनि आउँदैनथ्यो । मलाई रोटी मन पर्छ । हामीले यात्राभर खुब दाल र रोटी खायौं । गंगा किनारको पूर्व निर्धरित आश्रम पुग्दा साँझ परीसकेको थियो । सामान्य खानपिन पछी हामी सुत्यौ । आश्रममा खिचिएका केही फोटोहरु अहिले कता परे हेक्का छैन ।   
       
माघ १ गतेको दिन थियो । हामी सबेरै ३ बजे उठ्यौ र झण्डै ढेड घण्टा गंगा नदीको किनारै किनार हिड्दै सँगम, जहाँ प्रसिद्द तीन नदीहरु गंगा, यमुना र सरस्वती मिल्दथे, पुग्यौं । त्यतै छेउतिरै स्नान गरेको भएपनी हुन्थ्यो तर हामी सँगै गएका दाईले पानी पनि सफा भेटिने र भिड पनि कम हुने हुनाले नदीको बिचमा गएर स्नान गर्दा राम्रो हुने कुरा गरे । हामी डुंगा चढ्यौ र बिचमै गएर नुहायौ । 

फर्कदा छर्लङ्गै उज्यालो भैसकेकोले स्नान गर्न आउनेहरुको भिड थेगीनसक्नु भैसकेको थियो । प्रहरीहरु आए र भिड नियन्त्रणमा कडा हुँदै गए । हाम्रो डुंगालाई अघी चढेको किनारातर्फ फर्कन दिइएन । हामी आत्तियौं । डुंगाचालकले नजिकैका अन्य किनाराहरुमा उतार्न निकै प्रत्यन पनि गर्यो तर सकेन । अत्याधिक भिडका कारण प्रहरीहरु लाठीचार्जमै उत्रिएकाले उसले डुंगा पुन: नदी तर्फ नै ल्याइ अलिक लामो यात्रापछी अमिताभ बच्चनले बनाइदिएको बगैचा अगाडी ल्याइपुर्यायो । त्यहा भने भिड अली कम भएकोले डुंगाचालक हामीलाई उतार्न खोज्दै थियो तर युद्धभुमीमा सेनाका ट्याङ्करहरु अघी बढेझै थुप्रै डुंगाहरु त्यतै आइरहेकाले प्रहरीहरु पनि त्यतै आउँदै थिए । 

एकै छिनमा त्यो किनारा पनि भरियो । हामीले उत्रनको लागि अब पानीमै फाल हानेर वा अन्य डुंगाहरु क्रमश: फड्कदै तर्नु पर्ने भयो । हामी सँगै सानी भान्जी, ममी र दिदिहरु पनि भएकाले त्यो अली अप्ठ्यारो हुने थियो । तर डुंगाचालकले अन्य बिकल्प नभएको बताएपछी हामी उत्रने भयौ र म अगाडी लागें ।

आफु त मोरो बाँदरजस्तो है, फटाफट डुंगाहरु फड्कदै किनारा पुगीहालें । अरु भने आउन सकेनन् । त्यसैले डुंगाचालकले डुंगा सकभर किनारा नजिक ल्याउदै थियो, पुलिसहरुको बथानले किनारा कब्जा गरीहाले । कुनै डुंगा आउन दिएनन् । एउटा पुलिसलाई 'रिक्वेस्ट' गर्न म त्यसको अगाडी उभिएं । अहिले मलाई त्यसको झुसिल्किराझै जूङ्गामात्र याद छ । मैले गोर्खेहिन्दी ठोक्दै भनें, "तुम् क्या कर्ते हो? हमारे सबै उता हे । उनिहरुको आउन क्यु नही देते हो ? " पुलिस मोरो झोक्किन थाल्यो । त्यसले बोलेको मैले खुट्ट्याउनै सकिन । उ कुनै फिल्मको हिन्दी बोल्दै थिएन । उसले मलाई हुत्त्याएर बालुवामा लडाईं दियो । सायद त्यसले मेरो अरु शब्द नबुझेपनी 'तुम्' शब्द चाँही बुझेछ क्यार ।

यता मलाई पुलिसले हुत्त्याइदिएको देखेपछी उता भान्जी रुन पो थिलिछिन् । स्थिती अली नमज्जाको पो हुन पुग्यो । पुलिसले सबैजसो डुंगाहरु धपाएपछी किनारा अली पातलीदै गयो र पछी सबैजना सजिलै उत्रिए । हामी अमिताभ बच्चनले बनाएको बगैचा घुमेर मध्यान्हतिर आश्रम फर्कियौ । 

आजभोली पनि जसै घरमा हिन्दी फिल्म र भाषाको कुरा हुन्छ, मलाई सबैले भन्छन, " यसलाई 'तुम्' भनेको र 'आप' भनेको के हो अझै थाहा छैन । "


     

Thursday, April 19, 2012

म सानो छँदा ...


कुद कुहिरो कुद,
तेरो घरमा चोर पस्यो,
थोत्रो नाङ्लो ठटायो, 
बुढो भैंसी लडायो,
माना पिठो पोखायो, 
ढिकि जाँतो उखेल्यो 
कुद कुहिरो कुद । 

म सानो छँदा हामी आकाशमा कुदीरहेको कुर्हिरो हेर्दै यो गीत गाउदै कुद्थ्यौ । आज पनि म कुद्दै छु तर के हेरेर कुद्दै छु, के भेट्ने कुद्दै छु थाहा छैन ।


...

Cambodian children swimming in an ancient
 bathing pool. ( Source:  http://www.myspace.
com/rhiansheehan/photos/1743852#%7B%
22ImageId%22%3A1743852%7D)


मिनपचासको छुट्टीमा हाम्रो 'ग्र्यान्ड स्लाम पौडी' हुन्थ्यो । हामी माथिल्लो चौरदेखी लुगा खोल्दै कुद्द्थ्यौ र हरियो दहमा फदाल्थ्यौ । एकतालमै पानी धमिलो हुन्थ्यो । त्यसैले सफा पानीमा पौडिनको लागि हामीविच 'रेस' छुट्थ्यो । तिनै 'रेस'का पदकहरु अझै मेरा निधारमा प्रस्टै देखिन्छन । ऐना हेर्छु; टुटिल्को र खत देक्छु; एकछिन त्यही बाल्यकाल फर्कन्छु । झ्याम्म पानीमा फाल हानेको सम्झन्छु । म झसङ्ग हुन्छु ।

...

घरका पिल्लर ठड्याउन बनाइएका खल्डाहरुमा पानी जम्थे अनी हामी बाँसका लाठा लिएर हनुमान उडान गर्थ्यौ । बिस्तारै त्यसले खोला पनि तर्न सिक्यौ । तिनै लाठाले एक पटक जंगल (त्यसै छेउ अहिले अत्याधुनिक निउरो हस्पिटल बनेको छ) मा स्याल पनि मार्यौ । क्यम्पा ( पर्खालले चर्चेको घडेरीलाई हामी त्यसो भन्थ्यौ ) मा स्यालको मासु पकायौ । हल्ला चारैतिर फैलिएछ । स्यालको मासु लिन भनी महाराजगन्जदेखी आएका केही मानिस त्यसै फर्किए । हामीले अघिनै मासु बुत्त्याइेसकेका थियौ । मेरो दाजुको नाम पछी सम्म पनि 'स्याल मार्ने काइलो' रह्यो ।

...

सलाईको बट्टाका पत्ताका लागि हाम्रो जोड लडाईं हुन्थ्यो । बाँसबारी - महाराजगन्ज - बाँसबारी दैनिक दुई पटक उडान भर्थ्यौ । हाम्रो 'आरए'को पाङ्ग्रा कहिल्यै दिल्ली पुगेन । त्यही गूडाउथ्यौ । कुद्द्थ्यौ । 
Source:ekantipur.com

...

म लोक गीत मन पराउछु । मलाई राम्ररी याद छ, म सानो छँदा मामाले क्यसेट ल्याउनु भको थ्यो र तेसमा लोक गीत बज्थ्यो । हामी पिंडीमा क्यसेट छेउ झुम्मिन्थ्यौ र दिदीहरु आङगनमा नाच्थे । अझै त्यो क्यसेट मेरो घरको टेबलमा छ । जसै म लोक गीत सुन्छु त्यो क्यसेट मेरो आँखामा आउछ । अनी म त्यो पिंडीमै हुन्छु । म काठमाडौं जान्न । म सिड्नी पनि आउदिन । म त्यतै रुख चढेर स्याउला काट्छु, बनका पत्कर सोर्छु र गाई बाख्रालाई न्यानो डस्ना दिन्छु ।

गएको बर्ष म नेपाल जाँदा मैले त्यो क्यासेट पुछेर टल्काएको छु । मैले फेरी पत्कर सोरिन, स्याउला काटिन तर मैले त्यो क्यसेट पुछ्दा तिनै गाई बाख्राहरु रोए झै लाग्यो । अनी म गाउँ गए । तिनै गाई बाख्रा लाई पाखातिर चर्न दिएर हरियो दहतिर सोझिए । तिनीहरु पाखामा रमाउछन, म पोखरीमा रमाउछु । म लोक गीतमा रमाउछु । 

एकै छिन भित्र आउनुस् अनी यो भिडियो हेर्नुस् : 



६ बैशाख २०६९ 
निशेद गौतम, सिड्नी, अष्ट्रेलिया । 

Saturday, January 14, 2012

हामी, नारी र फेसबूक


पहिले पहिले (भर्खर भर्खर ईन्टरनेट चलाऊन सिक्दा) याहू च्याट रूममा मान्छे खोजी खोजी च्याट गरिन्थ्यो । चिनेको कोही अनलाइनमा भेट्टाइयो भने त देउतै भेटेझैं हुन्थ्यो र झन् लामै गफ हनिन्थ्यो । कतिपल्ट त नजिकैको कम्प्युटरमा बसेको साथी सँग पनि च्याट मै कुरा गरिन्थ्यो । "ओेइ! मेरो मेसेज आयो ? हेर त !" " खै मुला आएन यार, फेरी पठा त । " यस्तो थियो हाम्रो फकेबूक पूर्वार्धताकाको जालसंचार ।

फेसबूक आएपछीको समयमा त हामी यति ब्यस्त भयौं कि हाम्रो जीवनशैलीमै बदलाव आयो । 'हाम्रा दाई, अंकलहरु बिहान उठ्ने बित्तिकै मुख धुन्थे रे ! हाउ फन्नी, इज नट इट ? ' आज भोलीका युवायुवतीले भन्न चै भनीनसकेका तर ब्यवहारबाट त्यसै साबित गर्दै आएको कुरा हो यो ।

अब हामी खुलेर साथी बनाउन थाल्यौं - याहू, हटमेल, जिमेलमा हैन नि फेरी । फेसबूकमा । एउटा अघोषित प्रतिस्पर्धा नै चल्यो फेसबूकमा कस्को साथी धेरै भनेर । हामीले कक्ष।का साथी बटुल्यौँ, कलेजमा चिनेजानेका लाई बटुल्यौँ, गाउँघरका लाई पनि बटुल्यौँ, साथीका गर्लफ्रेण्डहरु बटुल्यौँ, आफ्नै गर्ल्फ्रेण्डहरु चै बटुल्न हल्का गाह्रो भयो । तर पनि जे होस् ,धेरै साथीहरु र उल्लेख्य रुपमा तरुनीहरु बटुल्यौँ ।      

साथी भाई थप्दै जाने क्रम बढ्दै जाँदा हाम्रो एकअर्काबिच कुराकानी कम र चियोचर्चो गर्ने क्रमले तिब्रता लियो । अझ हाँसउठ्दो कुरो त के भने हामी तिनै साथीको बारेमा खोजतलास गर्छौ जो अनलाइन मै हुन्छ तर हामी कुरा गर्दैनौ । यसमा हामीलाई 'अफलाइन' भन्ने कुरोले दरो साथ दे'को पनि छ । हामी घण्टौं फेसबूक चलाउछौं तर 'अफलाइन' बसेर ।  हामी टुलुटुलु अनलाइन देखाइयका साथीहरु लाई हेर्छौ र बेवस्ता गर्छौ - बाटोमा हिँड्दा सामुन्ने परेका अपरिचित मान्छे झैं ।

तर पख्नुस् ! कुरो यत्तिकैमा सकिन्न नि फेरी । जब त्यो 'अनलाइन' देखाइएका  मान्छेहरु ( अब आएर  म यहाँ 'साथी'लाई मान्छे भन्न रुचाउछु )को  सुचीमा 'केटी' देखा पर्छिन नि , तब उसको साथीत्व हरियो भएर आउछ । आईमाईजातीको फेसबूक प्रयोगमा म अनविग्य भएकोले लिङगत बिभेदमा माफि चाहन्छु । अब तपाईं भन्नुहोला -" साले! आँफै त्यस्तो गर्दो होला अनी जे पायो तेही लेख्छ" भनेर । मेरो प्रस्टीकरण : म पहिले आफुलाई हेर्छु अनी समाजलाई हेर्छु ।

"मान्छेहरुको 'प्राइभेसी' भन्ने कुरा पनि त हुन्छ नि । " भन्नु होला । म स्विकार्छु । तर नयाँ लुगा लगायो फोटो खिचेर हालेकै छ, आधा लुगा लगायो त्यो पनि फोटो खिचेर हालेकै छ । अनी अब 'प्राइभेसी' भनेको के हो आँफै भन्नु होला । के मान्छेहरु आईमाईजाती झै गोप्य  रुपमा  नग्नता नै चाहन्छन् त ? 'प्राइभेट्ली' 'पब्लिक' हुन चाहेका हुन् त ? उनी फेसबूकमा खासै केही लेख्दीनन् तर कमेन्ट भने धेरै चाहन्छिन ।  

आजभोली फेरी फकेबूकमा साथीहरुसँग भेटघाट कम हुन थालेको छ । त्यसैले होला आजभोली फेरी साथीभाइ अनलाइनमा भेट्दा देउतै भेटे झैं हुन्छ ।