Pages

Showing posts with label कबिता खण्ड. Show all posts
Showing posts with label कबिता खण्ड. Show all posts

Monday, November 07, 2011

तिम्रो छायाँ

म उभिँदा दुइओटा छायाँ बने -एउटा बिजुली बत्तीले बनाएको र अर्को आकाशमा उदाएको चन्द्रमाले बनाएको । तर दुबैले बनाएको छायाँमा भने निक्कै अन्तर छ । बत्तीले बनाएको छायाँ अली फिक्का छ भने चन्द्रमाले बनाएको छायाँ गाढा छ । मलाई लाग्यो बत्तीहरु त  मेरा नजिक नै हुन्छन टाढा होओस त प्रभाब घट्दै जान्छ । तर चन्द्रमा जती टाढा नै किन नहोस् त्यसको छायाँको गाढापनमा कत्ती फरक पर्दैन । म तिमीलाई चन्द्रमा भन्न सक्छु र तिनीहरु, जो आजभोली मेरा नजिक छन्, ति बत्तीहरु मात्र हुन् । म चन्द्रमा हेर्छु तिमी सम्झन्छु । ति बत्तीहरु मेरा नजिकै छन्  र पनि मलाई तिनिहरुप्रती कुनै आशक्ती छैन । तिमी टाढा छौ र पनि तिम्रो याद उतीनै गाढा हुँदै गैरहेछ ।
Image source: http://gregfreedman.ca/Moon_Shadow.html 

Monday, October 31, 2011

एउटा हुकुम गर

तिमी आयौ, जान्छौ था'थ्यो, जाँदैनौ कि लाग्यो ।
नजाउ भनें, तिमी गयौ, फेरी किन दु:ख लाग्यो ?
माया गर्थ्यौ, मैले गरें , संसार रमाइलो भो ।
तिमी बोल्थ्यौ, भाव सट्थ्यौ, साथ राम्रो भो ।


दिन थिए, तिमी रुन्थ्यौ, मलाई सम्झाउथ्यौ ।
मैले सुन्थें, आसुँ झर्थ्यो, तिमीले पुछ्ने गर्थ्यौ।
आज सुन्छु, तिमी रोयौ, कसैले तिमीलाई देख्यो ।
साथ दियो , तिमी हाँस्यौ, मलाई बात लाग्यो ।


म भइंन, तिमी रिसायौ, बिछोड सुरु भयो ।
सानो घर थियो, न्यानो थियो, हुरी आइ उढाइ लाग्यो ।
बसमा छु, अरु छैन, तिमीलाई माया गर्छु ।
तिमी कुर्छु , आउनु पर्छ, तिमी सँग माफी माग्छु ।
म स्विकार्छु, तिमीले सम्झायथ्यौ, मैले कतै मानिन ।
आज गर, एउटा हुकुम गर, जीवन भर छोड्ने छैन
बात केही नलागोस्, हे ईश्वर ! गरुँ बरु म के ?
अध्यरै रहन्छ, उज्ज्यालो हुन्न, बरु मरुँ म के ?


रचनाकाल : २०६२ असार ८ गते राती १०: ०८ बजे

Tuesday, July 26, 2011

क को कत्रो कमाल



कवाडीमा किलोमा किनेको
किताबको काहानी कत्रो ।

कम्मर कक्र्याइ कक्र्याइ
कपाल कनाइ कनाइ
कापिमा कालो कलमले
काहानी कोरु कस्तो ।

कती किस्सा कुहिसके
कती काम कुच्चीसके
कोप्चो कुनामा कोच्चीएर
कविता कोरुँ कस्तो ।

कतै कल्पनाहरु कराइरहेछन्
कणकणमा कोलाहलले
काउसिएको कमजोर कन्सिरी
कटकट काटीरहेछन

कसैले कहला, किन किनिस्
किन कहु कसरी किनी
कवाडी काइलाले किलोमा किनेको
केटाहरुले किलोमै किने
किन केही कमी कि ?  
-रचनाकाल : बेलुकी ४:४० बजे, फागुन ११ , २०६१ 

Thursday, June 30, 2011

हजार र एक


तिमी हजार बनी आयौ
म एक भई रहें ।
तिमी हजार भइ गयौ
म एकै भइ रहें ।

तिमीले एक भन्या मात्र भए
म हजार गर्ने थिए
तिमी एकमा हजार रहीछ्यौ
म हजारमा एक भएं
तिमी एक बन्न सकिनौ
म हजार हुन सकिन

तिम्रा हजार सपनाहरुमा
मैले एक सपना देखेको थिए
मेरो एक त टुटी गयो
तिम्रा हजार कस्ता रहे ।

तिम्रा हजार दिनहरु एकै भए होलान
मेरा एकै दिन यहाँ हजारहरु भए ।
तिनै हजार दिनहरुमा
म तिमी नै एक खोजीरहेछु ।

Thursday , 02/2005

Friday, January 21, 2011

प्यासी ओछ्यान्


कोठाको एउटा कुनामा
शान्त, शालिन रुपले
मेरो ओछ्यान् लम्पसार परीरहेछ ।  
लाग्छ - उ कसैको पर्खाइमा छ ।  


मेरो अनुपस्थितीमा मेरो ओछ्यान् 
रातभर नसुतेको हुन्छ ।   
र लाग्छ - उ मेरै पर्खाइमा छ ।  


थकित मन लिइ म भित्र छिर्दा 
रातको प्रहरमा प्यासी ओछ्यान् 
अझ राम्री देखिन्छे ।  


एकछिन आँखा डुलाउँछु । 
निर्दोश चेहरा, उदांगो शरीर 
म रोकिन चाहान्न ।  
एउटा मोठो सपना पुरा गर्न 
उनीमाथी समाहित हुन्छु - निर्बस्त्र । 


प्यासी ओछ्यान्  
काखमा राखेर मलाई सपना देखाउँछिन् ।   
स्वर्णिम यात्रा गराउँछिन् ।  
जहाँबाट म ब्युझिएर अर्को एउटा संसार हेर्छु ।  


फेरी उही रात 
उही थकान 
उही प्यासी ओछ्यान् 
अनी उही हाम्रो 
रमाइलो संसार । 


(रचनाकाल : २०६० चैत्र २८ शनिबार बिहान ५:३० बजे )

Thursday, January 13, 2011

यो दशककै सुरुवात ज्यादै तितो भयो
एउटै सपना उनको माया आज रित्तो भयो

फोन उठ्यो केटो बोल्यो मैले तिमी मागें
तिमी आयौ खुशी भएं स्वर मिठो पाएं

फेरी सोधें फोन उठाउने को हो भनी बुझें
अंध्यारो भो चारैतिर म थचक्क बसें

13/01/2011 10:48 am

Monday, January 10, 2011

ठगी सपना

हिजो राती , के देखे सपनी , चांदलाई चुमेको । 
कोमल बदन, गुलबी ओठ, यो मनै गुमेको ।। 


झुकाइ माथ , काखमा उनको, एकै छिन सुस्ताउंदा । 
रोपिए बिझ, इच्छ्याका कैयन, मेरी उनी मुस्कौदा ।। 


साथमा उनको,त्यो दिब्य स्वर्ग, ब्युझदा नर्कै भो । 
दुई चार बात, के गरुं भन्दा, संसार अर्कै भो ।। 


सुकेका आँखा, एकपल्ट भिजे, थामीएनन् केइ गरी । 
उघ्रेका दिन, रहेनन् सधैं, फर्कीए त्यै झरी ।। 


ठग्दछन् कती यी मेरा सपना, मै सोझो देखेर । 
धर्तीकै तुच्छ , मै एक प्राणी, के दियो लेखेर ?         

रचनाकाल : २०६१ साल साउन १४ गते बेलुकी ७:२० बजे